प्रदेश प्रमुखले भने, ‘सरकारको कामप्रति जनता उत्साहित छन्’

 

फागुन ३, विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षका अवधिमा प्रदेशमा भएका कामको सराहना गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज आयोजित ‘प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भने । 

null

उनले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिए । 

सो अवसरमा मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना बिल्कुलै नयाँ भए पनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पारे । 

उनले प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई वार्षिक रु पाँच हजार घरघरमै गएर प्रदान गरिने घोषणा पनि गरे । 

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटामा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गरे । मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययिता अपनाएकाले विकासमा मद्दत पुगेको विचार व्यक्त गरे । 

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो । ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो । 

यसैगरी एक वर्षका अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत कर्मचारीलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =