मेलम्चीको भविष्य अन्यौलमा

काठमाडौं–मेलम्ची खानीपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य ठेकेदार कम्पनीसँग ठेक्का तोडेको घोषणा गरेपछि अब निर्माण कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। 

कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक–पटक सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै समितिले माघ २४ मा ठेक्का तोडेको घोषणा गरेको थियो।  

समितिले माघ ६ मा ठेक्का किन नतोड्ने भन्दै कम्पनीलाई अन्तिम पत्र पठाएको थियो। कम्पनीसँग समितिले ठेक्का तोडेको घोषणा गरे पनि समितिको बोर्ड र खानेपानी मन्त्रालयले अझैसम्म कुन मोडलमा अगाडि बढ्ने भन्ने बारेमा निर्णय गर्न सकेको छैन। जसका कारण मेलम्चीको भविष्य अन्यौलमा परेको छ। 

null

बोर्ड र मन्त्रालयले मेलम्चीको बाँकी काम सम्पन्न गर्न ठोस निर्णय गर्नुको सट्टा ढुलमुले नीति अख्तियार गरेका कारण समस्या समाधान हुने छाटकाट देखिएको छैन। 

ठेकेदार देश छोडेर गएपछि पनि सोही ठेकेदार कम्पनी फर्केर आउँछ कि भन्ने आशमा नेपाली अधिकारीहरू रहनुले मेलम्चीको भविष्य अन्यौल बन्दै गएको छ। 

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर र आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले समेत भागेको ठेकेदारको विकल्प खोज्न नसक्नुले मेलम्चीको भविष्य अन्यौल बन्दै गएको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =