रामघाट–शिवघाट सडक खण्डकाे धुलोले सकसपूर्ण बन्दै स्थानीयको दैनिकी

माघ २४, चितवन । चितवनको रामघाट–शिवघाट सडक खण्ड लामो समयसम्म अस्तव्यस्त हुँदा स्थानीय धूलोबाट पीडित बन्ने गरेका छन् । 

भरतपुर महानगरपालिका वडा नं ४ मा पर्ने सात किमी लामो सो सडक निर्माण सम्झौता भएको दुई वर्ष बढी भइसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयले हैरानी खेप्नुपरेको हो । 

वि.सं २०७४ चैत १८ गते निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग विसं २०७३ पुस १९ गते सम्झौता भएको थियो । समयमा निर्माण सम्पन्न नभएपछि पुनः विसं २०७५ असार २५ गतेसम्मको म्याद थप भएको थियो । 

null

सो सडकको हालसम्मको भौतिक प्रगति जम्मा ७५ प्रतिशत देखिएको छ । सडक डिभिजन कार्यालय, चितवनको योजनामा परेको यो सडक निर्माणका लागि सात करोड ४३ लाख ८७ हजार ५३६ रूपैयाँमा गौरी पार्वती निर्माण सेवा काठमाडौंँले ठेक्का पाएको उक्त सडक छेउका घरहरुमा भान्छादेखि सुत्ने कोठासम्म धूलो जाने गरेको भन्दै उनले दिउँसै पनि ढोका बन्द गरेर बस्नुपरेको स्थानीयहरुको गुनासो छ । 

आफूहरु तीनपटक वडा र महानगरपालिकाको कार्यालयमा डेलिगेसन गएपनि बाटो नबनेको भन्दै महानगर समक्ष स्थानीय रुष्ट बनेका हुन् । सरकारको निर्देशनअनुसार सडक डिभिजनको २७ करोड ३६ लाख ६५ हजार ९८ रूपैयाँमा सम्झौता भइसकेका ४५ योजनाहरु प्रदेश नं ३ अन्तर्गतको पूर्वाधार विकास कार्यालय, चितवनलाई हस्तान्तरण भएको छ । 

योजनाहरु हस्तान्तरण भए पनि कार्यान्वयन गर्न बजेट नरहेको कार्यालयका प्रमुख जिल्ला इन्जिनियर पुष्करप्रसाद पोखरेलले बताएका छन् । ठेकेदार कम्पनीले चार करोड ७५ लाख ९९ हजार ९६९ रूपैंयाँ लगिसकेको छ । भुक्तानी दिन बाँकी रकम २ करोड ६७ लाख ८७ हजार ५६७ रूपैयाँ कार्यालयमा नरहेकाले काम गर भनेर भन्न नसकिएको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =