कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । गत बुधवार र बिहीवारको बैठकमा प्रवधानलाई लिएर सदस्यहरु दुई खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि केन्द्रिय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन । महासमितिबाट पारित भएको विधान, सम्सोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रिय समिति पुनस् पुरानै बिषयमा अल्झिएको छ ।
बैठकमा पक्ष–विपक्षमा मत राख्दै सदस्यहरुले निर्वाचित भएर आउने प्रावधानले केन्द्रिय सभापति पराजित हुन सक्ने, लोकतान्त्रिक पार्टीमा निर्वाचन पद्यतिको विकास गर्नुपर्ने लगायत धारणा राख्दै आएका छन् ।
null
केन्द्रिय सदस्य रामकृष्ण यादवकाअनुसार, ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टीको विधानसहित महासमितिबाट पारित भएका सांगठनिक र आर्थिक प्रतिवेदनबारे समेत छलफल हुनेछ ।
यस्तै आजको बैठकले नेविसंघको कार्यसमितिबारे समेत निर्णय गर्ने यादवले जानकारी दिए।