स्थानीयलाई तरवार प्रहार गर्ने एक नियन्त्रणमा
२०७५ माघ २७ गते

माघ २७ चितवन । चितवनको बछौलीमा युवकलाई तरबार प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनका प्रमुख दयानिधी ज्ञवालीका अनुसार माघ १० गते बुद्ध चोकमा अभियुक्त १९ वर्षीय बस्नेतले मोटरसाइकलमा आइरहेका किरण घिमिरेलाई तरबार प्रहार गरेको अवस्थामा पक्राउ गरेको बताए ।
null
उनले भने, ‘पुरानो झैझगडा र रिसिइबीमा तरवार प्रहार गरेको देखिन्छ । यस विषयमा अनुसन्धान जारी छ । तरवार सहित मान्छे पक्राउ गरिएको छ ।’ घटनाको सूचना थाहा पाएपछि तत्काल पुगेको प्रहरीले तरबार प्रहार गर्ने बस्नेतलाई घटना स्थलबाटै पक्राउ गरेको उनलेे जानकारी दिएका छन् ।
२०७५ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








