पाँचाैं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट

माघ २३, काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair & Events Pvt. Ltd., भारतले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको Nepal Buildcon International Expo को पाचौैं संस्करण हुने भएको छ । माघ २५ गते शुक्रबारबाट तीन दिन भृकृटीमण्डप एक्स्पो हुने बताइएको छ । 

 

यस पटकको प्रदर्शनीमा विश्वका विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुदै आएको बताइएको छ । 

null

अन्तराष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Construction Heavy Equipment, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Earth Moving Equipment’s, Material Handling Equipment’s, Aluminum Composite Panels हरुको सहभागिता रहने छ । 

प्रदर्शनीको टाईटल स्पोन्सरमा आरति स्ट्रिप्स प्रा.लि.रहने छ । भने, सहयोगी संस्थाहरु Nepal Engineers’ Association (NEA), Federation of Contractors Association of Nepal (FCAN), Federation of Heavy Equipment Entrepreneurs Association of Nepal (FHEAN), Society of Consulting Architectural & Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA) तथा Confederation Of Indian Industry (CII) रहने छन् । 

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक निर्माण तथा क्षेत्रमा काम गरीरहेका आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *