महिला विश्वकप छनौट: नेपालले कुवेतलाई हरायाे

 

फागुन १५, काठमाडौँ । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप छनौटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । 

बुधबार बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा कुवेतलाई ३० रनले हराउँदै नेपालले जित हात पारेको हो । 

null

नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्रै जोड्न सक्यो । 

कुवेतका लागि मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रिर्यदा मुरालीले १४ रन जोड्दा सब्रेन जाकी र मारियमम हैदरले समान १२–१२ रन बनाए । 

नेपालकी करुणा भण्डारीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन्। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो । 

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २८ रन जोडिन् । यस्तै कप्तान रुविना क्षेत्रीले २२ रन जोड्दा नेरी थापाले १९ रन बनाइन् भने काजल श्रेष्ठ १८ रनमा आउट भइन् । 

कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *