धादिङको विद्यार्थीमा अनाैठाे राेग

माघ २४, धादिङ ।  उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ । 

विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए । 

यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ । यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत देखापरेको शिक्षक शाहले बताए । 

null

विद्यार्थी, शिक्षक र अभिभावकसमेत बिरामी परेपछि विद्यालयमा स्वास्थ्यकर्मी पठाइएको र उपचार शुरु गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =