राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कानुन विपरित कर्मचारी भर्ना गरिएको भन्दै रिट

 

माघ १८, दाङ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो अनियमितता गरेर राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी प्रा.डा.संगीता भण्डारीले सञ्चालनमै नआइसकेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कमाउ धन्धा चालू गरेकी छिन् ।  

मेडिकल माफिया विशाल पण्डितको निर्देशनमा प्रतिष्ठानमा अर्बौको उपकरण भित्र्याउने दाउमा रहेकी उपकुलपति भण्डारीले पछिल्लो समय कर्मचारी भर्नामा पनि चलखेल गरेकी छिन् ।  

null

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कानुनबिना नै कर्मचारी भर्ना गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि डा. भण्डारीको कर्तुत सार्वजनिक भएको हो ।  

उपकुलपति डा. संगिता भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च बिहिबार रिट दायर भएको छ । 

उक्त रिट दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी कानुन व्यवसायी लोकेन्द्र ओलीले दायर गरेका हुन् ।स्वास्थ्य विज्ञान प्रतिष्ठानले कानुनविपरीत करिब एक सय कर्मचारी करारमा नियुक्त गरेको भन्दै उनले अदालतमा रिट दायर गरेको बताएका छन् ।  

कानुनविपरीत नियुक्त गरिएका कर्मचारी बर्खास्तगीको माग राख्दै रिट दायर गर्नु परेको ओलीले जानकारी दिए ।दुई हप्तादेखि साविक राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले प्रतिष्ठान मातहतमा राख्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *