अख्तियार अगाडी प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

 

फागुन ८, काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय अगाडी प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ३० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  

अख्तियारका आयुक्त नै भ्रष्टाचारमा मुछिएका बेला भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका विवेकशील पार्टीका मानबी पौडेल, समीक्षा बास्कोटा, अनुपा श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हाे । बढ्दो भ्रष्टाचार तथा आर्थिक अनियमितताका छानविन गर्न माग गर्दै बुधबार अख्तियार अगाडी धर्ना बसेका विवेकशील पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

null

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्, अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने, वाइठबडि काण्ड आयल निगम घोटाला, घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।  

माछाको चित्र बनाएर प्रदर्शन गर्ने क्रममा अख्तियारले सुनेन भनेर शंख बजाएको र त्यसै क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ । विवेकशील साझाले ‘जनता बस्छन् धुलोमा, आगो छैन चुलोमा, अख्तियारको बल्छी, सानो माछा मात्रै पर्ने, वाइड बडी काण्ड आयल निगम घोटला लगायतका विषयहरु उठाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =