दुहवी जेसीजको पद हस्तान्तरण तथा अवार्ड पुरस्कार वितरण

 

माघ १८, दुहवी । दुहवी जेसीजले ३६ औं पद हस्तान्तरण तथा अवार्ड र पुरस्कार वितरण सम्पन्न गरेको छ । विहीबार दुहवी पार्टी प्यालेसको सभा हलमा आयोजित समारोहका बिच पद हस्तान्तरण तथा तथा पुरस्कार बितरण समारोह कार्यक्रम सम्पन्न भएको हो । 

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा दुहवी जेसीज २०१८ की अध्यक्ष कञ्चन झाले २०१९ का दुहवी जेसीज अध्यक्ष सन्तोष सिंहलाई पद हस्तान्तरण गरिन् । साथै दुहवी जेसीज जुनियर २०१८ का अध्यक्ष विकास स्वर्णकारले दुहवी जेसीज जुनियर २०१९ अध्यक्ष कृष्ण पाठकलाई पद हस्तान्तरण गरेका थिए । 

null

कार्यक्रममा २०१८ को दुहवी शाखामा उत्कृष्ट काम गरेको भन्दै दुहवी जेसीजका सदस्यहरुलाइ पुरस्कार बितरण गरि सम्मान समेत गरिएको थियो । 

साथै बर्ष २०१८ की अध्यक्ष कञ्चन झाले आफ्नो बर्षलाई उत्कृष्ट बर्षको रुपमा सफल गराउन सहयोग गर्ने सदस्य र बोर्डका सदस्यलाई आफ्नो मन्तव्यको क्रममा मायाको चिनोको साथै आफुलाई सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई सम्मान समेत गरेकी थिइन् । 

कार्यक्रममा विभिन्न संघ सस्थाबाट उल्लेखीय सहभागिता रहेको थियो । कार्यक्रममा जेसिजका विभिन्न शखाका अध्यक्ष र उपस्थित अतिथिहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =