विविध सांस्कृतिक परम्पराले नेपाललाई विश्वमा अलग पहिचान दिएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन्।  

तामाङ समुदायको सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको उल्लेख गरेका छन्।  

‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो। यहाँ हरेक जातजातिका आ–आफ्नै परम्परा, चाडपर्व, वेशभूषा छन्’, उनले सन्देशमा भनेका छन्, ‘मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ।’  वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यो यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताएका छन्। 

null

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *