एसपी नरेन्द्र उप्रेतीले किन दिए राजीनामा ?

माघ २७, काठमाडौँ । एसपी नरेन्द्र उप्रेतीले बढुवामा आफ्नो नाम नपरेको भन्दै आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका छन् । 

एसएसपी बढुवामा आर्थिक र राजनीतिक चलखेल भएको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् उप्रेतीले राजीनामा दिएका हुन् । 

गृह मन्त्रालयको बढुवा समितिको सचिवालय शनिबार १४ जना प्रहरी एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवामा उनको नाम परेकाे थिएन । 

null

एसपी उप्रेतीले आफूभन्दा जुनियर प्रहरी अधिकृतको बढुवा भए पनि आफ्नो नभएका कारण नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =