न्युकासललाई हराउँदै टोटेनहम दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए । 

जितसंगै टोटेनहम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले २५ खेलबाट ५७ अंक जोडेको छ । टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो । एक खेल कम खेलेको सिटीको ५६ अंक छ ।  

null

जितपछि टोटेनहमले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी समेत ४ अंकमा झारेको छ । एक खेल कम खेलेको लिभरपुलको ६१ अंक छ ।  १४ औं स्थानको न्युकासलको २४ अंक छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *