एनसेल टावरमा फेरि हमला !

फागुन १०, काठमाडौँ । ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । 

नक्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए । 

null

 

त्यस्तै काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । 

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निस्कृय बनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *