न्यायालय सुधारमा लागेका प्रधानन्यायाधीश राणाको अर्को एक्सन !

 

फागुन १३, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विवादमा तानिएका ३ न्यायाधीशको सरुवा गराएका छन् । 

न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले विशेष अदालतमा कार्यरत भ्रष्टाचारको मुद्दा हेर्ने न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द्र र नारायण पोखरेलको सरुवा गराएका हुन् । 

null

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा न्यायाधीश नियुक्त भएका उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग मिलेर मुद्दा कार्यान्वयन गरेको उजुरी परेपछि ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो । 

प्रधानन्यायाधीशको नेतृत्व सम्हाले लगत्तै आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै सरुवा र छानविनमा उत्रिएका प्रधानन्यायाधीश राणाले ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दामा कैफियत गरेको भन्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीशहरुको पनि छानविन गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *