चावहिल मालपोतमा मन्त्री अर्यालको छड्के

माघ २१, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्री पद्मा अर्यालले सोमबार चाबहिल मालपोत कार्यालयमा छड्के गरेकी छिन् । 

उनले सचिव गोपीनाथ मैनाली सहितको टोलीसहित सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी लिएकी छन् । 

सोमबार साढे १० बजे मालपोतको अनुगमनमा पुगेकी मन्त्री अर्यालले सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई काम गर्न समस्या भएको औँल्याउँदै आफ्नै भवनमा कार्यालय सार्न निर्देशन दिइन् । 

null

अनुगमनका क्रममा मन्त्री अर्यालसहितको टोलीले सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । 

लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएका लगायतका गुनासो गरेका थिए । 

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =