दुहवी उद्योग बाणिज्य संघ सक्रिय नभएको व्यापारीहरुको गुनासो

फागुन १५, दुहवी । दुहवी उद्योग बाणिज्य संघ सक्रिय नभएको दुहवीका व्यापारीहरुले गुनासो गरेका छन । नयाँ कार्य समिति बनेको ९ महिना पुगेपनि समितिले पूर्णता न पाएको व्यापारीहरुको गुनासो छ । 

 

नयाँ कार्य समिति बनेको १५ दिन भित्र पूर्ण समिति बनाउन ४ जना पदाधिकारी मनोनयन गर्नुपर्ने भएपनि अहिले सम्म नगरेकोले यो समिति अवैध हुने उनिहरुहरुको भनाइ छ । गत असारमा समिति गठन भए लगतै असन्तुष्ट पक्षहरुले कम माइन्यूटमै अवैध किसिमले नयाँ कार्य समिति गठन भएको दावी गरेका थिए । 

null

स्थानिय व्यापारीहरु उनिहरुको रवैयाप्रति असन्तुष्ट छन । उनिहरुले यस प्रकारको अवैध समितिले व्यापारीहरुको हितमा काम न गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा आय व्यय समेत उपलब्ध गराइदिन उजुरि गरेका थिए । उजुरि दिएपछि दुहवी उद्योग बाणिज्य संघले २०७० सालमा चिठ्ठा खोलेको आम्दानी र २०७१ सालमा दुहवी महोत्सव संचालन गर्दा भएको आम्दानीको आय व्यय, सदस्य नविकरण गरेको आम्दानी र त्यस संस्था सँग भएका सम्पूर्ण कागजातहरु पेश गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले ताकेता गरेको थियो । 

 

२०७५/०३/२२ गते जिप्रकाले ताकेता गरेको भएपनि दुहवी उद्योग बाणिज्य संघले वास्ता न गरेपछि पुन २०७५/०६/१६ गते ताकेता गरेको थियो । ताकेतामा त्यस पत्र सम्बन्धमा माग गरिएका बिवरणहरु हाल सम्मपनि यस कार्यालयमा प्राप्त न भएको उल्लेख रहेको थियो । यस बिषयमा दुहवी नगरपालिकाले चासो लिनुपर्नेमा बेखवर रहेकोमा आफुहरु चकित भएको स्थानिय व्यापारीहरु बताउँछन । स्थानिय एक व्यापारी भन्छन हामीले उजुरि दिएको ९ महिना भइसक्यो जिल्ला प्रशासन कार्यालय सुनसरीले बारम्वार ताकेता गर्दा समेत दुहवी उद्योग बाणिज्य संघले वास्ता गर्दैन, कुनै ठुलै नेताको छत्रछायाँमा हुर्केको जस्तो प्रमुख जिल्ला अधिकारी (सिडियो) को कुरा पनि मान्दैन । 

दुहवी उद्योग बाणिज्य संघ सक्रिय न भएकैले दुहवीमा साप्ताहिक बन्दी आइतवारका दिनपनि अधिकांस पसलहरु खुल्ने गरेको एक व्यापारीले बताए । यस बिषयमा नाम न खुलाउँने शर्तमा पूर्व पदाधिकारीहरुले दुहवी उद्योग बाणिज्य संघका नयाँ कार्य समितिलाइ आफुहरुले सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्न तयार भएपनि उनिहरुले चासो न लिएको दावी गरेका छन । उनिहरुले भने बैंक मौज्दात ६ लाख नगद सहित सम्पूर्ण जिम्मेवारी दिन हामीहरु तयार छौं तर उनिहरु के कारणले हो कुन्नी लिन मानि रहेका छैन । 

दुहवी उद्योग बाणिज्य संघ सक्रिय न हुँदा संस्थाको पदस्थापन समेत भएको छैन, संस्थाको घरभाडा र कर्मचारीले समेत तलव न बुझेको साथै संस्थाको नविकरण फेल हुनुका साथै स्थायी लेखा नम्वर (प्यान) समेत न रहेको एक स्रोतले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *