विवादपछि अलपत्र बनेको नेकपा कार्यदलको बैठक बस्दै

 

माघ २४, काठमाडौँ । संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको नेकपाको कार्यदलको बैठक आज बस्ने भएको छ । 

पौष मसान्त सम्ममा एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटी सच्याउने, केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्नका लागि गठन गरिएको ९ सदस्यीय कार्यदललले माघ तेस्रो साता बितिसक्दा पनि प्रतिवेदन तयार गर्न सकेको छैन । 

null

कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लेखराज भट्ट र वेदुराम भुषालले बुधबार संयोजक रामबहादुर थापालाई भेटी कार्यदललाई सक्रिय बनाउन आग्रह गरेपछि आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । 

गत सोमबार बसेको नेकपा सचिवालय बैठकले पनि प्रस्ताव तयार पार्न कार्यदलले विलम्ब गरेको भन्दै अहिलेसम्म भए गरेका कामको प्रतिवेदन आफैंले बुझेर प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरेको थियो । 

गत पुस १३ गते बसेको स्थायी समितिको बैठकले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, वेदुराम भुषाल, रघुविर महासेठ रहेको चौथो कार्यदल बनाएको थियो । 

समयमै जिम्मेवारी पूरा गर्न नसक्दा कार्यदलका सदस्यबीच विवाद नै उत्पन्न भइरहेको छ । तत्कालीन एमाले र माओवादीबीच ३ जेठमा पार्टी एकता भएपछि अहिलेसम्म जनवर्गीय संगठन र तल्लो तहको पार्टी एकता नभएको भन्दै पार्टी भित्र असन्तुष्टी बढ्दै गएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =