दुहबीमा श्रीमद्भागवत माहापुराण सप्ताह ज्ञान माहायज्ञ सुरु

फागुन १३, दुहवी ।  सुनसरीको दुहबी २ स्थित तुताहामा श्री राम जानकि मन्दिर पुराण आयोजक समितिको आयोजनामा श्री राम जानकि मन्दिर निर्माण सहयोगार्थ श्रीमद्भागवत माहापुराण धन धान्यान्चल सप्ताह धार्मिक ज्ञान माहायज्ञ सुरु भएको छ । 

 

ज्ञान माहायज्ञ समारोहलाई दुहबी नगर पालिकाका मेयर बेद्नारायण गच्छदारले समुद्घाटन गरेका थिए । मेयर गच्छदारले सप्ताह व्यापी श्रीमद्भागवत माहापुराणको सफलताको शुभकामना दिदैँ ज्ञान माहायज्ञ समपरनन गर्नकालागि १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर गच्छदारले राजनिति र धर्म एक सिक्काको दुइ पाटा रहेको धारणा व्यक्त गर्दै धर्म र आस्थालाइ बिर्सन नहुँनेमा जोड दिएका छन । 

null

पण्डित तारा प्रसाद कुइँकेलको मुखारवृन्दबाट कथा वाचन हुँने आयोजकले जानकारी दिएको छ । समुद्घाटन कार्यक्रममा भक्त जनहरुले कलश शोभा यात्रामा नाच गानको साथमा विभिन्न जात जातिको झाँकी सहित दुहबी बजार परिक्रमा गरेका थिए । पुराण समितिका संयोजक शशी कुमार चौधरीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रमलाइ मूल समारोह समितिका सदस्य खेमनारायण माझीले स्वागत मन्तव्य दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *