संवैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रियाबाट कांग्रेस बाहिरियो

 

माघ २०, काठमाडौँ । विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षहरु विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरुले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका छन् । 

विपक्षी दलका नेतालाई कुनै जानकारी तथा सूचना नै नदिई एकलौटी रुपमा संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गरेको भन्दै कांग्रेस सांसदहरुले आइतबारको बैठक बहिस्कार गरेका हुन् । 

null

समितिमा रहेका कांग्रेसका चारजना सांसदहरुः ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान र पुष्पा भुसाल गौतमले लिखित असहमति राखे पनि समितिले सुनुवाई प्रक्रिया अगाडी बढाएको छ । 

दुई तिहार्इ बहुमतका आधारमा समितिले प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी दिन १० दिनको समय दिने निर्णय गरेको छ । 

भोलिबाट लागु हुने गरी १० दिनभित्र उनीहरु विरुद्धको उजुरी समितिमा पठाउन सकिने छ। 

परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्तलाई सिफारिस गरेको थियो। 

यस्तै थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो। 

अब प्रस्तावित अध्यक्षहरुको सुनवाई प्रक्रियामा सहभागी नहुने सुनवाई समिति सदस्यले बताएका छन् । 

कांग्रेसका सांसदहरुले बुझाएको लिखित असहमतिमा भनिएको छ, ‘संसदीय व्यवस्थाको प्रतिकूल हुने गरी विपक्षी दलको नेतालाई विधिवत रुपमा कुनै सूचना नदिई, प्रतिपक्षको भूमिकालाई शून्य गराई एकलौटी रुपमा संविधान, ऐन, कानून प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन हुने गरी संवैधानिक, राजनैतिक र नैतिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गर्ने गरी भएको सिफारिस गैह्रकानूनी भएकोले उक्त संवैधानिक परिषदको सिफारिस गैह कानूनी भएकोले त्यसप्रति हाम्रो असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =