आज साताको अन्तिम दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज बिहिबार हिजोको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ । जुन हिजोको तुलनामा केहि बढेको हो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । बिहिबार १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । 

शुक्रबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा थियो । 

null

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५१ पैसा तोकिएको छ । बिहिबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *