नेपाल इन्भेष्टमेन्ट बैंकको ५ सय नगद र जन्मदिनमा केक उपहार योजना

फागुन १४, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३३ औ वार्षिकोत्सवको दिनको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

दरबारमार्गस्थित प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जना सहभागीहरुले रक्तदान गरेका थिए । 

ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । 

null

 

बार्षिकोत्सवकै दिन पारेर बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नामको चित्रकथा (comic) सार्बजनिक गरेका थिए । 

नेपाल इन्भेष्टमेण्ट बैंकको केटाकेटी बचत खाता खोल्ने जुनसुकै नाबालक ग्राहकहरुलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदान गरिने छ तर, यसका लागि सिमित शर्तहरु भने लागु हुनेछन् । 

त्यस्तै आजैदेखि NIBL Visa Card प्रयोगकर्ताका लागि POS मेसिन प्रयोग गर्दा ३३ प्रतिशत cash back offer ३३ दिनका लागि प्रदान गरिने छ । यसमा सर्तहरु लागु हुनेछन् । 

सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ । यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा POS मेसिन बाट सेवा दिइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *