अस्पताल सञ्चालनमा आएपछी बिरामीलाई भरतपुर धाउनुपर्ने बाध्यता हट्यो

माघ, २० चितवन । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । 

 

राप्ती नगरपालिका डाक्टर बिहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश नम्वर ३ सरकारले करिब एक महिना अघि राप्ती नगरपालिका स्थित भण्डारा स्वास्थ्य चौकी र कालिका नगरपालिका स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन स्वीकृती दिएको थियो । 

null

भण्डारा अस्पतालको बुधवार एक समारोहकाबीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे र प्रदेश नम्वर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । अस्पतालको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले गुणस्तरीय सेवा प्रदान गर्न बिरामीको चाप बढ्ने बताए । “यहाँबाट कस्तोे सेवा प्रवाह हुन्छ, त्यही अनुसार बिरामीको आकर्षण बढ्छ”, पूर्व अर्थमन्त्री पाण्डेले भने, “नगरको पहाडी भेगका जनतालाई सहज हुने गरी गुणस्तरीय सेवा दिन आग्रह गर्दछु ।” 

सरकारले लिएको दिगो विकासको लक्ष्यमा स्वास्थ्य पनि एक रहेकाले यसलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए । प्रदेश नम्वर ३ का भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले १५ शैयाको अस्पतालबाट व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह भई बिरामीको चाप बढे अझ स्तरोन्नती गरिने बताए । सो अस्पतालका लागि प्रदेश सरकारबाट डाक्टरको दरबन्दी कायम गरिएको छ । 

अस्पतालमा जनरल फिजिसिन डाक्टर हरी शंकर प्रसाद नियुक्त भएका छन् । अस्पताल सञ्चालन पछि सामान्य उपचारका लागि टिकौली कटेर जानु पर्ने बाध्यताको अन्त्य भएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । “सामान्य उपचारका लागि पनि पहाडी भेगका नगरवासी भरतपुर जानु पर्ने अवस्था थियो”, मेयर बरालले भनिन्, “अब त्यो अवस्था हट्नेछ, हामी सबै खुसी छौँ ।” राप्ती नगरपालिकाको ४ वटा वडा पहाडी भेगमा पर्छ । त्यहाँका जनता उपचारका लागि पहाडबाट झरेर ३० किलो मिटर दुरीको गाडी यात्रा पछि भरतपुर पुग्नु पर्ने अवस्था थियो । 

तत्कालका लागि साविक स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह हुने भएपनि निर्माणाधिन वडा कार्यालयको भवनलाई अस्पतालको रुपमा परिणत गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए । अस्पतालमा ओपिडी, आकस्मिक सेवा, क्षयरोग, प्रसुती, एक्सरे, प्रयोगशाला आदिको सुविधा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र पराजुलीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *