‘हामी जवाफदेही राजनीति गर्छौँ, जिम्मेवारी भएर अगाडि बढ्दैछौं’

 

माघ २०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका कामहरुको आलोचना गरेका छन् । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई व्यंग्य गर्दै बधाई दिए । ‘सम्माननीय सभामुख महोदय, एउटा जोगी डाक्टरले सरकारसँग निउ खोज्यो । त्यो पनि दुई तिहाईको बलियो सरकारसँग । सरकारले देखाइदियो, सरकारलाई बधाई छ ।’ । 

null

उनले प्रत्येक वर्ष करिब १५ सय जति नेपाली विद्यार्थीहरु नेपाल भन्दा बाहिर डाक्टरी पढ्न जाने गरेकोमा डा. केसीका कारण यस्तो क्रम रोकिएको स्पष्ट पारे । 

‘वर्षमा १५ सय जति नेपाली विद्यार्धी नेपाल बाहिर पढ्न जान्थे । केसीको आन्दोलनपछि नेपालको प्रवेश परिक्षा पास नगरिकन कोही बाहिर पढ्न जान पाएनन् ’, नेता थापाले भने, ‘१५ सय विद्यार्थी मध्ये करिब १२/१३ सयले नेपालको प्रवेश परिक्षा पास गर्न सक्दा रहेनछन् । वर्षको १२/१३ सय नेपाली विद्यार्थी बाहिर जानबाट रोकिए । यिनलाई बाहिर पठाएर केही सर्वाहाराले आफ्नो पेट पालिरहेका थिए । स्वरोजगार भइरहेका थिए । डा. केसीलाई देखाइदिइसके पछि कमरेडहरु बडा खुशी भएका छन् सरकार । सरकारलाई बधाइ छ ।’ 

डा. केसीको अनशन तथा आन्दोलनको चर्चा गर्दै थापाले भने, ‘केही मेडिकल कलेज बाहेकका केही कलेजहरुले राम्रै गरिरहेका थिए । यहाँबाट अनुगमन गर्न जाने टोलीलाई पनि पहिल्यै मिलाउँथे । बिरामी, डाक्टर पनि भाडामा ल्याउँथे । एक सय जना पढाउन पाउने अनुमति प्राप्त गरेको मेडिकल कलेजले भाडामा ल्याएको डाक्टर र भाडामा ल्याएको बिरामीको आधारमा करिब २ सय सिट पाउँदै थिए । डा.केसीले आन्दोलन गरे । सिट संख्या घटेर सय पुर्याइए । त्यति मात्रै होइन, अनुगमन गरेर नक्कली डाक्टर आउने, नक्कली बिरामी आउने कुरालाई बन्द गराइदिए ।’ 

नेता थापाले डा. केसीको आन्दोलनले २ सयको सिटलाई एक सयमा घटाएपछि र करिब १ करोडको हाराहारीमा पुग्न लागेको मेडिकल कलेजको एजुकेशन फि लाई ५० लाख मुनि ल्याइदिएपछि रिसाएका मेडिकल सञ्चालकहरुलाई पनि सरकारले खुशी बनाइदिएको बताए । 

साथै उनले सदन खुलाउने विषयमा सरकार चिन्तित नभएको बताउँदै थापाले आफूहरु जिम्मेवार भएकोले सदन खुलाएको बताए । 

‘सरकारलाई चिन्ता छैन सदन चलाउने विषयमा तर हामीलाई चिन्ता छ। हामी जिम्मेवारी भएर अगाडि बढ्दै छौं। हामी जवाफदेही राजनीति गर्छौ’ थापाले संसदमा भने । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =