टी–२० महिला विश्वकप छनोट: आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

यसअघि भएको दोस्रो खेलमा आयोजक थाइल्यान्डसँग पराजित नेपाल जित्नै पर्ने दबावमा छ । यूएई भने तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपालको दुई अंकका साथ तालिकामा चौथो स्थानमा छ । 

ग्लोबल छनोटमा पुग्ने छिनो सम्भावनालाई कायमै राख्न नेपालले यूएईलाई पराजित गर्नु पर्नेछ । नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । चौथो खेलमा नेपालले हङकङसँग २४ तारिखमा खेल्नेछ भने, २५ तारिखमा चीनसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले कुवेतको सामना २७ फेब्रुअरीमा गर्नेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =