विद्युत प्राधिकरणका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

माघ १८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरी लगायतको नाममा राखेको देखिन आएको आयोगले जनाएको छ । 

आयोगले बिगो बराबरको रकम चल–अचल सम्पत्ति जफत गर्न आग्रह गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =