गोरु चोर प्रहरीको फन्दामा

चितवन, ७ फागुन । पश्चिम नेपाल हुँदै बंगलादेश तर्फ गोरुको तस्करी गर्ने ४ वटा ट्रकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहानै ट्रकमा गोरु लोड गरेर लुकाई छिपाइ पश्चिमबाट पूर्व हुँदै बंगलादेश तर्फ लैजादै गरेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले रत्ननगर टाँडी बजारबाट ट्रक नियन्त्रणमा लिएका हुन् ।  

 

प्रशासनले ध्यान नदिएका कारण तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै आइरहेको स्थानीयको भनाइ छ । ट्रक तस्करहरुले कृषि फर्मको निकासी पुर्जी देखाएर तस्कर गर्ने गरेका छन् । 

null

पशुसेवा कार्यालयको कृषि प्रयोजनका लागि भनेर भेटेरीनरी प्रमाणपत्रसमेत दिने गरेको भेटिएको छ । ट्रक माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *