वार्षिक एक सय जना कामदार नपठाउने म्यानपावर खारेज हुने

वार्षिक एक सय जना पनि कामदार नपठाउने म्यानपावर कम्पनी खारेजीमा पर्ने भएका छन्। संसदको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकले यस्ता कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके म्यानपावर कम्पनीनै खारेज गर्ने निर्णय गरेको छ।  

समितिले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम पनि परिवर्तन गरेको छ। बैठकले वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख बैंक ग्यारेन्टी गर्नुपर्ने निर्णय गरेको छ। 

यसैगरी ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =