चितवन प्रदर्शनी केन्द्रको ७८ प्रतिशत काम सकियो

 

फागुन १३, चितवन । चितवनको भरतपुरमा अहिले धमाधम चितवन प्रदर्शनी केन्द्रको निर्माण हुँदैछ । चितवन उद्योग संघको अगुवाईमा घरेलु उद्योग कार्यालयको जग्गा लिजमा लिएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण थालनी गरिएको हो । 

अहिले प्रदर्शनी भवन तर्फको डिपीसी निर्माणको काम धमाधम चलिरहेको छ । डिपिसी निर्माणको काम जिएस ओम सत्यसाई कन्सट्रक्सन भरतपुरले गरेको छ । जेठ २२ मा ३ करोड रुपैयाँको लागतमा सम्झौता भई डिपी निर्माणको काम अघि बढेको हो । 

null

कन्सट्रक्सनले असोज ३० भित्रमा डिपीसीको काम पुरा गर्ने सम्झौता गरेको छ । अहिले प्रदर्शनी ब्लकको करिब २ वटा डिपीसी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपीसी निर्माण पुरा भएपछि स्टिलको ट्रस्ट निर्माण हुनेछ । प्रदर्शनी भवन आउँदो कार्तिकमा प्रदर्शनी (एक्सपो) सञ्चालन गर्ने गरी निर्माण भईरहेको चितवन उद्योग संघले जनाएको छ । 

प्रदर्शनी ब्लक निर्माणपछि सचिवालय, फुटकोट, शौचालय वाल र भित्री रोड इलेक्ट्रोनिकको काम अगाडी बढाइने छ । यसको निर्माणको लागि टेण्डर आह्वान समेत गरि सकिएको संघले जनाएको छ । 

प्रदर्शनी केन्द्र निर्माणका लागि सरकारले पहिलो चरणमा १५ करोड रुपैयाँ अनुदान दिइसकेको छ । अहिले यही अनुदान र संघले उठाएको रकमबाट निर्माणको काम अगाडि बढाईएको छ । प्रदर्शनी केन्द्र निर्माण पुरा गर्दासम्म ३७ करोड बढी र्खच लाग्ने संघले जनाएको छ । 

यस प्रदर्शनी केन्द्र भित्रमा ३ सय भन्दा बढि स्टलहरु राख्न सकिने छ । प्रदर्शनी केन्द्रको तीन वटा ब्लक निर्माण अहिले द्रुत गतिमा अघि बढिरहेको छ । 

सो केन्द्रबाट उद्योग, कृषि, पर्यटन लगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने छन् । प्रदर्शनी केन्द्रको मुख्य भागमा करिब २४० सय स्टल अट्ने छन् । तीन वटा ब्लक निर्माण गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =