नेपाल ५७ रनले पराजित

फागुन ९, काठमाडौँ । आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पराजित भएको छ । 

पहिलो खेलमा जित हात पारेको नेपाल लिगको दोस्रो खेलमा ५७ रनले थाइल्याण्डसँग पराजित भएको हो ।एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा थाइल्याण्डले राम्रो सुरुवात गरेको थियो। हारसँगै ग्लोबल क्वालिफायर पुग्न नेपालले बाँकी सबै खेल जित्नुपर्नेछ भने थाइल्याण्डले कम्तीमा एक खेल हार्नुपर्नेछ। 

१ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन जोडिन् भने सरिता राना मगर १८ रनमा आउट भइन् । 

null

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनायो । थाइल्याण्डका लागि चनिदा सुथिरिअङले सर्वाधिक ३५ रन बनाइन् भने ओपनर नारुएमल चाइवाईले ३२ रन जोडिन्। वङपाका लिएङगप्रोसेटले नटआउट २८ रन बनाइन्। यस्तै नतया बुचाथमले १२ र नटाकान चन्तनले ५ रन जोडिन्। 

नेपालको लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन्। यस्तै कविता कुँवरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् भने करुणाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन्। 

नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो । 

जनवरीमा थाइल्याण्डमै भएको टी २० स्म्यासमा नेपाल थाइल्याण्डसँग फाइनलमा ७० रनले पराजित भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =