भ्रष्टाचारी बढे भन्नु गलतः मन्त्री बाँस्कोटा

फागुन ३, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा भ्रष्टाचारी बढे भन्नु गलत भएको बताएका छन् । 

बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा, सजाय दिँदा भ्रष्टाचार न्यूनिकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति सचेत रहन्छ’, मन्त्री बाँस्कोटाले भने । 

भ्रष्टाचारी विकास विरोधी भएको स्पष्ट पार्दै उनले भने, ‘सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, छुट हुन्न ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट पारे । 

null

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको जानकारी गराए । ‘नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौँ, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौँ’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *