बागलुङमा जीप दुर्घटना: तीन जनाको मृत्यु

गलकोट । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताउनुभयो । सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । 

घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *