धरान खेलकुल विकास समितिद्वारा नगद सहित सामग्री प्रदान

फागुन ६, काठमाडौं । भारतको लखनउ, आसाम र बिशाखापट्टनममा सम्पन्न कराते उसु लगायतका खेलमा पदक जित्न सफल धरानका १८ खेलाडिहरुलाई धरान उपमहानगरपालिका खेलकुद बिकास समितिले सम्मान गरेको छ ।आज सोमबार धरान उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सो समान गरेको हो । 

 

कार्यक्रममा धरानका विभिन्न विद्यालयलाई खेलकुद सामग्री वितरण समेत गरिएको थियो । धरानको जनता आधारभुत विद्यालय, पन्चकन्या र सुलिकोट विद्यालयलाई लुडो, क्यारम्वोर्ड, व्याटमिन्टन, टिटि व्याट र बल, नागि डोरी, चेस खेलका सामग्री प्रदान गरिएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका स्वयमसेवक तथा उसु खेलका प्रशिक्षक विकी राईलाई उपमहानगरपालिकाको खेलकूद समितिले नगद १ लाख प्रदान गरेको छ । 

null

 

बुढासुब्बा गोल्डकप प्रतियोगितामा सहभागी धरानका खेलाडि टिमलाई पनि प्रोत्साहन स्वरुप जनही ३ हजार प्रदान गरिएको थियो । कार्यक्रममा उपमाहानगरपािलकाका कार्यबाहक मेयर मन्जु भन्डारीले खेलाडिहरु धरान उपमहानगरपालिकाको मात्र नभएर देशकै गहना भएको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *