मैतिदेवीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

 

माघ २८, काठमाडौँ । मैतिदेवीको पीपलबोटमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

सोमबार बिहान साढे १० बजेतिर बाटो काट्ने क्रममा बा९३प ८१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाईकल चालक र स्थानीय पैदल यात्रु घाइते भएका हुन् । 

null

घाइते हुनेमा पुरानो बानेश्वर घर भएका १९ वर्षीय बादल बस्नेत र मैतिदेवीका ५४ वर्षीय दिपक कुमार बलामी रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ । 

पैदल यात्रु दिपकको टाउको चोट लागेको छ भने चालकको हात खुट्टामा सामान्य चोट लागेको छ । घाइते दुवैको हिमाल हस्पिटल ज्ञानेश्वरमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =