सेन्चुरी बैंकद्धारा सहारा घरलाई ट्रष्ट हस्तान्तरण


माघ २४, कैलाली । सेन्चुरी बैंकद्धारा निर्मित भोजनालयको भवन विहिबार एक कार्यक्रमका विच कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको सहारा घरलाई हस्तान्तरण गरेको छ ।
सेन्चुरी बैंक नेपालगञ्ज शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो भोजनालय ट्रष्ट निमार्ण गरेको थियो । बैंकका रिजनल म्यानेजर नारायण प्रसाद मुडभरीले सुखड स्थित वाशिष्ट होटलका संचालक भरत भट्टराईको पहलमा आफुले सो भवन सहयोग गरेको बताए ।
null
सेन्चुरी बैंकका रिजनल म्यानेजर नारायण प्रसाद मुडभरीको अध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरीया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए । प्रमुख अतिथिको आसन बाट बोल्दै बलिराम डगौरा थारुले सहारा घरका कारण बर्दगोरियाको नाम विश्व सामु चिनाउन सहयोग मिलेको बताए। थारुले मानव त्यस्तो प्राणी हो जस्ले दुस्ख भोगेको हुन्छ त्यस्ले मात्र अरुको दुखमा साथ सहयोग गर्ने भएकाले बिष्टले गर्दै आएको कामको प्रशंसा गरे । साथै थारुले बिभिन्न देशका असक्त ,असाय हरुलाई शिक्षा ,पालनपोषण गरेको देख्दा आफु निकै खुशि भएको बताउदै बर्दगोरिया गाउपालिकाको आगामी गाँउ सभा बाट सहारा घरको स्तरउन्नतीका लागी डिपिआर तयारी गरी बाटो र नयाँ भवनका लागी पहल गर्ने बताए ।
सहारा घरका संचालक बल बहादुर बिष्टले संचालन गरेको कार्यक्रममा महालक्ष्मी विकास बैंकका ललित जंग शाह र मिरमिरे माईक्रो फाईनान्स बौनिया शाखा म्यानेजर भिम बहादुर साउद लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसर पारेर सहारा घरले सेन्चुरी बैंक, महालक्ष्मी विकास बैंक,मिरमिरे माईक्रो फाईनान्सका संयोजक टेक बहादुर बोहरा,मिरमिरे माईक्रो फाईनान्स लगाएतकालाई सम्मान समेत गरेको छ ।
बिहिबार नै सहारा घरमा बस्दै आएका गोदावरी नगरपालिका वडा नं. १ विजयी नगरका पुष्कर जैरुलाई परिवार मिलन गराएको छ भने अर्का १ जनालाई जानकी गाउपालिका अवस्थित प्रेम नाम गरेका असायलाई घरमै पुगाएर परिवार मिलन गराएका छन । यो सँगै सहारा घरले असाय, असक्तहरु मध्य करीब ३७ जनालाई परिवार मिलन गराई सकेको छ । सहारा घरमा हाल ४५ जना बेसहाराहरु रहेको बल बहादुर विष्टले जानकारी दिए ।
कार्यक्रमको समापन गर्दै सेन्चु्री बैंकका रिजनल म्यानेजर नारायण प्रसाद मुडभरीले आफुले सोचेको भन्दा फरक पाएको बताउँदै एक व्यक्तीले यति ठुलो काम गर्नु महान कार्य भएको बताए । उनले आफुले प्रत्यक्ष रुपमा नदेखेर नै सहारा घरमा भोजनालय निर्माण गरेको बताए । सहारा घरको अवस्था एकदमै दयनिय रहेको बताउदै मुडभरीले आफुले देखेर प्रत्यक्ष भेटेको भए अझ ठुलो सहयोग गर्न सक्ने बताए ।
सहारा घरमा सेन्चुरी बैंकले निमार्ण गरेको भोजनालयको तल फर्स नभएका कारण अब चाडै फर्स निमार्ण गर्ने बताए । अन्तमा सहारा घरलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहारा घरलाई व्यक्तीगत तथा संस्थाबाट सहयोग गर्ने बताए।
