काठमाडौं महानगरले दियो ९ वटा नगरपालिकालाई १/१ करोड

माघ २७, काठमाडौँ । काठमाडौं महानगरपालिकाले मातहतका नौ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले रकम हस्तान्तरण गरेको छ । 

आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंभित्रका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् । 

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम हस्तान्तरण गरिएको हो । 

null

सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ भने शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्नुपर्ने छ । 

त्यसैगरी बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौडामा बुढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने सम्झौता भएको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । 

सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *