अमेरिकामा एक नेपालीको हत्या, एक घाइते

काठमाडौं । अमेरिकामा नेपालीको गोली हानेर हत्या गरिएको छ । बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो । 

गत बिहीबार राति साढे ११ बजेतिरको घटना भएको थियो । उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए । गोली लागेर अर्का नेपाली प्रयास बानियाँ गम्भीर घाइते भएका छन् । अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

घाइते बानियाँको भने नेपालको ठेगाना खुलेको छैन । स्थानीय प्रहरीले घटनाबारे वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलेको विवाद भएको बुझिएको छ । ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ । 

null

मृतक घलेका बुबा आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भार्इ सिंगापुरमा बस्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *