टंकिसिनुवारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा

माघ २०, विराटनगर । मोरङको बुढीगंगा गाउंपालिका स्थित टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा सम्पन्न भएको छ । बुढीगंगा गाउँपालिका– ३ स्थित सो संस्थाको ९ औँ साधारणसभा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।  

 

साधारणसभाको १ नं. प्रदेशसभाका सदस्य चुमनारायण तचबदारले उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रदेश सांसद तबदारले जलवायू परिवर्तनका कारण पिउने पानी संकटमा पर्न लागेको भन्दै पिउन योग्य पानीको उचित व्यवस्थापन गरिनुपर्ने बताए । उनले विश्वमा अब पिउने पानिका लागि युद्ध हुने बताउँदै पानीका श्रोतहरुको उचित संरक्षणमा सवैले ध्यान पुर्याउनुपर्ने बताए ।  

null

कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन माझिले आगामी आर्थिक आर्थिक वर्षमा संघिय सरकारले खानेपानी विस्तारका लागि ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने र त्यसका लागि टंकिसिनुवारी समितिले उपभोक्ता लगानी ५ करोड ढरौटी राख्नुपर्ने भएकाले गाउँपालिकाले साढे ३ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए । 

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य तथा बुढीगंगा गाउँपालिका स्थित मनमोहन पोलिटेक्निक इन्टिष्च्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले जलवायू परिवर्तनका कारण पानीका श्रोतहरु क्रमशः सकिँदै गएकाले श्रोतहरु संरक्षणका लागि पहल थाल्नुपर्ने बताए ।  

कार्यक्रममा समितिका लागि योगदान दिनेहरुलाई सम्मानसमेत गरिएको छ । उत्कृष्ट कार्य गरेकोमा समितिका प्लम्वर विष्णु राजवंशी, सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो. हसनुद्धिन, प्रध्यानाध्यापक खगेन्द्र काफ्ले, जग्गादाता बैजनाथ माझिलाई सम्मान गरिएको थियो ।  

साधारणसभामा संस्थाका कार्यबाहक अध्यक्ष नवराज विष्टले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परिक्षण संयोजक राजन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । सो संस्थाले हाल सम्म १ हजार ७ सय ७५ घरधुरीमा धारा जडान गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *