आज देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली

काठमाडौं । अहिले देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै पश्चिमी तथा उच्च हिमाली भेगहरुमा हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जनाएको छ । 

देशको पश्चिमी भूभागका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज तराईमा पानी पर्ने छ । तर भोलि तराईका भूभागमा पानी पर्ने सम्भावना कम छ भने हिमाली र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । 

 

null

त्यस्तै, मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षा तथा देशका उच्च हिमाली भूभागहरूमा हिमपात भइरहेको छ । राति देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको अधिकांश स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 

यसैगरी भोलि बिहीबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहने जनाइएको छ । देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । मौसमविद् बासीका अनुसार पश्चिमबाट पूर्वतर्फ बादल सरिरहेकाले पूर्वी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *