समृद्धिका लागि जनतासँग हातेमालोः उर्जामन्त्री पुन


फागुन २, काठमाडौँ । उर्जामन्त्री वर्षमान पुनले ‘समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्नका लागि हरेक नेपाली जनताको सहभागी हुने बताएका छन् ।
बिहीबार ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ लाई सम्बोधन गर्दै उर्जामन्त्री पुनले बजेट मार्फत् प्रस्तुत उक्त कार्यक्रमलाई कार्यरुप दिने क्रममा कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराए । यस कार्यक्रमले सबै नेपाली विद्युत्को शेयरधनी बन्ने स्पष्ट पारे ।
उनले समृद्धिको लागि सरकारको पहल जारी रहने भन्दै उनले भने, ‘समृद्धिका लागि हरेक जनताको हातेमालो रहनेछ । यो कार्यक्रम ३ करोड नेपाली जनताको कार्यक्रम बन्नेछ । जनताको पकेटमा रहेको सानो सानो रकम जम्मा गरेर लगानी योग्य बनाइने छ ।’
null
सर्वसाधारणबाट सुरुमा आयोजनामा हुने कूल लगानीको १० प्रतिशत रकम लिने र उचित सदुपयोग हुने गरी लगानी गर्ने मन्त्री पुनले बताए । यसरी लगानी गरिएको रकममा आकर्षक ब्याज दिने पनि उनले बताए।
यस कार्यक्रममार्फत् पाँच वर्षभित्र १९ आयोजनाबाट ३४७९ मेगावट विद्युत पहिचान गरी निर्माणमा जानेछन्।
यी आयोजनमा ६ खर्ब ९५ अर्ब ८० करोड लगानी हुनेछन् जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी शेयर लगानी हुनेछ। यस्ता आयोजनामा ५१ प्रतिशत सरकार र यसका निकाय तथा ४९ प्रतिशत जनताको लगानी हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यमको उद्घाटन गरको हुन् ।
