किरायाको प्रचारमा साइकल र्याली

फागुन १४, काठमाडौं । किरात राई यायोक्खा(किराया) को १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको अवसर पारेर धरानमा सुनसरी साईकिलिङ संघको सहयोगमा साईकल र्यालीको आयोजना गरीएको छ । 

संघका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा निकालिएको सो र्यालिमा उपाध्यक्ष सुधिर लिम्बू, बालकृष्ण लिम्बू, अञ्जना राई, नारायण थापा, ईशा तामाङ, प्रेम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।  

किरायाले महाधिवेशनलाई रचनात्मक बनाउन साईकल र्याली आयोजना गरिएको र्यालि संयोजक शम्भु राई पृथकले जानकारी दिए । किराया सुनसरीको कार्यालयबाट सुरु भएको सो र्याली पुतली लाईन, भानु चौक, छाता चौक, चतरा लाईन, कल्याण चौक, शान्ति चौक, मंगलबारे चौक, रत्न चौक, क्याम गेट, बुद्ध चौक, धनकुटे रोड, भोटेपुल, आचार्यलाईन हुदै पुनः यलम्बर स्मृति संग्रहालय भवनमा आएर समापन भएको थियो । 

null

 

सो र्यालीमा एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्षत किशोर राईको पनि सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि किरायाका केन्द्रीय सदस्य शुभचन्द्र राईले किरायाले किरात प्रदेशको मुद्दा उठाएको बताए । 

प्रचारप्रसारको कार्यक्रम अन्तर्गत भोली मंगलबार धरानको यलम्बरपार्कमा रहेको बास्केटबल कोर्टमा सुनसरी महिला बास्केटबल टिम र धरान महिला बास्केटबल टिमबीच प्रतिष्पर्धा हुने बास्केटबल खेलका संयोजक विकास चाम्लिङ राईले बताए । 

महाधिवेशन प्रचारकोलागि अघिल्लो दिनहरुमा पाराग्लाइडिङबाट प्रस्तावित किरात प्रदेशमा पुष्प वृष्टि, धरान रनसँग रन विथ यायोक्खा, १ दिनको फुटसल प्रतियोगिता सम्पन्न भइसकेका छन् । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *