संसदको शून्य समयमा सांसद सुवाललाई भेनेजुएलाको चिन्ता


माघ २३, काठमाडौँ । भेनेजुएलामा भएको राजनीतिक संकटबारे सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रेम सुवालले सार्वभौम राष्ट्र भेनेजुएलामा भएकाे राजनीतिक हस्तक्षेपमाथि सरकारले स्पष्टसँग बाल्नुपर्ने बताए ।
‘भेनेजुएला सार्वभौम देश हो । त्यहाँका जनताले राष्ट्रपति मादुरोलाई अधिक बहुमतले निर्वाचित गरेका हुन् अमेरिकी साम्राज्यवादले भेनेजुएलाको तेल खानी कब्जा गर्न मादुरोविरुद्ध विपक्षी नेतालाई स्वघोषणा गर्न लगाएर राष्ट्रपति बनाएको हो ।’, सांसद सुवालले भने, ‘यस्तो गर्नु सार्वभौम देशमाथिको हस्तक्षेप हो । सरकारले यस विषयमा स्पष्ट शब्दमा बोल्नुपर्छ ।’
null
उनले अमेरिकी साम्राज्यवादले यस्ता कार्यक्रमलाई अगाडी बढाए मादुरोले ह्वाइट हाउसमा रगतको खोला बगाउने बताए । ‘मादुरोले भनिसक्नु भएको छ, यो कार्यक्रम अघि बढे ह्वाइट हाउसबाट रगतको खोलो बग्छ । त्यसकारण यो विषयमा नेपाल सरकारको पनि ध्यान जानुपर्छ’, सांसद सुवालले भने ।
उनले यस विषयमा संसदमा पनि छलफल गर्न माग राखे ।
