आज पनि वर्षा र हिमपात

माघ २५, काठमाडौँ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्यकासहितका स्थानमा अहिले पनि पानी परिरहेको छ । 

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

null

दिनभर लगातार वर्षा नहुने बताउँदै उनले उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ भने । शुक्रबार राति पनि अधिकांश स्थानमा पानी पर्ने मौसमविद् कँड्लको भनाइ छ । 

शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उनले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताए । आइतबार भने तुलनात्मक रुपमा मौसममा केही सुधार आउनेछ । 

काठमाडौँ आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने जानकारी दिँदै वरिष्ठ मौसमविद् कँडेलले बताए । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ । 

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *