१७ वर्षदेखि रोकिएको सुन कर्जा पुनः सञ्चालन

माघ २०, अछाम । राष्ट्रिय वाणिज्य बैंक अछाम शाखाले सुन धितोमा कर्जा प्रवाह शुरु गरेको छ । १७ वर्षदेखि रोकिएको सुन कर्जा पुनः सञ्चालन गरिएको शाखाले जनाएको छ । 

विसं २०५८ मा अछाम आक्रमणको बेला बैंक ध्वस्त भएसँगै असुरक्षाका कारण हालसम्म सुन धितोमा हुने कर्जा प्रवाह कार्य रोकिएको थियो । अछाम आक्रमणपछि ढुकुटी नेपाली सेनाको संरक्षणमा राख्नु पर्दा कर्जा प्रकिया रोकिएको वाणिज्य बैंक मङ्गलसेन शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए । 

बाणिज्य बैंकको ढुकुटी नेपाली सेनाको क्याम्पमा राख्नुपर्ने बाध्यता हटेसँगै सुन कर्जाको काम शुरुआत गरिएको उनको भनाइ छ । बैंकले नियमअनुसार सुनको जम्मा मूल्यको ७० प्रतिशत रकम १२ प्रतिशत ब्याजमा लगानी गर्ने व्यवस्था रहेको प्रबन्धक विष्टले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =