विद्यालयमा सेनिटरी प्याडको ब्यवस्था नहुदा छात्राहरु पढाई छोड्न बाध्य

फागुन ३, सुखड । नेपालका अधिकाँस भुभाग जस्तै सुदुरपश्चिम प्रदेशमा पनि महिनावारी हुदा प्रयोग गर्ने सेनिटरी प्याडको अभावमा छात्राहरुले विद्यालयको पढाई छोड्नु पर्ने बाध्यता हट्न सकेको छैन ।
विद्यालयका अन्य भौतिक पुर्वाधार निर्माण बाहेक महिनावारीका कारण आफुहरूको पढाइमा परेको असरका बारेमा स्थानीय सरकार, बिधालय प्रशासन, बिधालय व्यवस्थापन, शिक्षक अभिभावक संघ लगायत कुनै पनि सरोकारवालाहरुले चासो नदिएको विभिन्न बिधालयका छात्राहरुले गुनासो गरेका छ्न ।
आफुहरुले बारम्बार विद्यालय प्रशासनसँग समस्याका बारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नगरेको रास्ट्रीय मा. वि. सुखडकी छात्रा कमला बमले गुनासाे गरे। विद्यालयमा सेनिटरी प्याड नहुदा महिनावारीन भएको बेला बिचैमा पढाइ छोडेर घर जानु पर्छ ।
null
कति दिन त विद्यालयमा आउँन पनि सकिँदैन । यस्ले गर्दा पढाइमा बाधा पुगेको छ । सोही विद्यालयकी छात्रा एलिजा गौतमले भनिन् । यस्का थुप्रै विकल्पहरु भएपनी त्यस तर्फ कसैले ध्यान नदिएको र बालिका तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको समेत यस तर्फ ध्यानाकर्षण हुन नसकेको पाइएको छ ।








