विद्यालय परिसरमा मृत महिला

माघ २२, भीमदत्तनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिए । सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *