आन्दोलनरत विद्यार्थी र त्रिवि प्रशासनबीच वार्ता हुँदै

फागुन ६, काठमाडौँ । विभिन्न १० बुँदे माग राखी फागुन २ गतेदेखि धर्नामा बसेका शिक्षा शास्त्र संकायका विद्यार्थी र त्रिवि प्रशासनबीच सोमबार वार्ता हुने भएको छ ।
विद्यार्थीहरुको माग सुनुवाइ गर्नका लागि त्रिवि प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच आइतबार वार्ता भएपनि ठोस निर्णयमा पुग्न नसक्दा सोमबार पुनः वार्ताका लागि बोलाइएको विद्यार्थी वार्ता टोलीका सदस्य भुपेन्द्र पाण्डेले जानकारी दिए ।
null
त्रिवि प्रशासनले आन्दोलनरत विद्यार्थीहरुसँग वार्ताका लागि गङ्गा बहादुर थापा मगरको संयोजकत्वमा सदस्य डा. रामचन्द्र भुसाल, सहायक डिन बलराम रायसहित तीन सदस्य वार्ता टोली गठन गरेको छ ।
आन्दोलनरत विद्यार्थीका १३ सदस्यी वार्ता टोली (हेमराज थापा, हेमराज शर्मा, भुपेन्द्र पाण्डे, शोभा बम, अजय पाण्डे, नवराज भुसाल, श्याम ओझा, राजन लम्साल, बबिदेबल, माया विस्ट, रामजी बेलबासे, नवीन जिटि, मङ्गल थापा) सँग सोमबार दिउँसो २ बजे वार्ता गर्ने सहमति भएको विद्यार्थी पाण्डेले जानकारी दिए ।








