लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो, साउथ ह्याम्पटन आर्सनलसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै एक अंक जोडेपछि लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । 

 

लिभरपुलको २७ खेलबाट ६६ अंक छ भने समान खेल खेलेको सिटी ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर युटाइटेड भने ५२ अंकसहित पाँचौ स्थानमा छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि उपाधि होडमा भने धक्का लागेको छ । दुवै टिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् । 

null

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनमाथि २–० को जित निकालको छ । योसँगै आर्सलन ५३ अंकसहित चौथो स्थानमा उक्लन सफल भयो । पराजित भएको साउथह्याम्पटन भने रेलिगेशन जोनमा छ । 

आर्सनलको जितमा एलेक्जेन्डर लाकाटेजीले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । हेनरिकले १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुमै २–० को अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नभएपछि आर्सनल स्पष्ट तीन अंक लिन सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *