पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउँने

 

पुस १७, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ भव्य रुपमा मनाउने तयारी गरेको छ । 

पुस १९ गते मनाउने सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने र विश्वविद्यालय स्थापन एव्म संचालनमा सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालय दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने तय भएको उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले बिराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

null

नेपाल सरकारले ८ सय ५ बिगाहा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाँउ परिसरको समग्र शैक्षिक एव्म प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको संचालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आंगिक क्याम्पसहरुको विकास गर्दै लैजाने लक्ष्य राखी नौ वटा आंगिक क्याम्पसकसो विकास एवम् सम्बर्दनमा विश्वविद्यालय अग्रसर छ । 

रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकाय अन्तर्गत ८० वटा व्यावसायिक र प्राविधिक विषयका कार्यक्रमहरु संचालन भइरहेको र १ सय २१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रम संचालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =